रोल्पा : आज रोल्पाबाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोल्पा नगरपालिका-१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २७ माघ, २०७७
तपाईको प्रतिक्रिया