काठमाडौं : म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ ।
सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निषेधाज्ञा लागु गरिएको छ ।
आज बिहानैदेखि म्यानमारमा प्रदर्शन सुरु भएको छ । पाचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी छन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।
सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउने भन्दै एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । गएको नोभेम्बरमा भएको चुनावपछि गठित नयाँ संसद र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।
प्रकाशित :२८ माघ, २०७७









तपाईको प्रतिक्रिया