काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।
आज (बुधबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचारमा शून्य सहनसिलता अप्नाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका श्रोतहरु दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउन हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।’
राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने गैरकानुनी विचलन अन्त्य गर्न सके मात्र भ्रष्टाचार न्युनीकरण हुन सक्ने बताएकी छिन् ।
प्रकाशित :२८ माघ, २०७७
तपाईको प्रतिक्रिया