काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा नामसारी गरेको घटनाका अभियुक्त डा.शोभाकान्त ढकाललाई विशेष अदालतले थुना राख्न आदेश दिएको छ ।
ढकाललाई न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले पुर्पक्षका लागि थुन्न आदेश दिएको हो ।
२०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय ३६ रोपनी व्यक्तिको नाम गराउन बिचौलियाको भूमिकामा रहेका ढकालविरुद्ध अख्तियारले ३९ करोड २८ लाख बिगो मागदाबी गरेको थियो ।
ढकालले ललिताको निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाम कायम गराउन मूख्य भूमिका निर्वाह गरेका थिए । ढकाल र रामकुमार सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वको छानबिन समितिले भूमाफिया भनेर किटान गरेर कारबाहीका लागि सिफारिस गरेको थियो । अन्नपूर्ण
प्रकाशित : २९ माघ, २०७७
तपाईको प्रतिक्रिया