काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका-अक्सफोर्डले विकास गरेको कोरोना खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् ।
बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन् । जुन खोप अहिले नेपालमा पनि लगाउने क्रम जारी छ । स्ट्राटेजिक एडभाइजरी गुरुप अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ- डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस कुराको पुष्टि गर्छ ।’
बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका-अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन् ।
प्रकाशित :२९ माघ, २०७७
तपाईको प्रतिक्रिया