जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशभरी संचालनका लागि ५ वटा बस खरिद गरेको छ ।
भैतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार उक्त ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ सोही मन्त्रालयका मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाबाट दुई वटा बस राजविराज र दुई वटा बस वीरगंजसम्म गुड्नेछ । यस्तै एउटा बस राजविराज र वीरगंज चलाउने योजना मन्त्रालयको छ ।
मन्त्री सोनलले सस्तो भाडादरमा जनताले यो बसमा यात्रा गर्न सक्ने बताए । उनले बसलाई अन्य यातायातभन्दा व्यवस्थित तरिकाले संचालन गरिने बताए ।
३ सय ५६ किलोमिटर सडक निर्माण
पत्रकार सम्मेलनमा मन्त्री सोनलले गत आर्थिक बर्षमा मन्त्रालयले प्रदेशभरि ३ सय ५६ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए । ५१ किलोमिटर कालोपत्रे, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल र ६० किलोमिटर नयाँ बाटो निर्माण गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया