काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुरुवाइ हुँदैछ ।
आज निवेदकतर्फका वकिलले जवाफी बहस गर्ने छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा बहस जारी छ ।
सो मुद्दामा विपक्षी सरकारी पक्षका वकिलको बहस बिहीबार सकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा निवेदक पक्षका बढीमा पाँच जनालाई जवाफी बहस गर्न दिने बताएका छन् ।
प्रकाशित :२ फागुन, २०७७
तपाईको प्रतिक्रिया