काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३ वर्षमा गरेका मुख्य-मुख्य कामको उपलब्धि सुनाउने भएका छन् ।
आफ्नो नेतृत्वमा रहेको सरकारले ३ वर्षमा गरेका कामबारे ओलीले जानकारी दिन लागेका हुन् । सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उदघाटन कार्यक्रममा ३ वर्षमा भएका कामबारे उनले प्रेस विफ्रिङ गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने बताए । ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए । वि.सं.२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको छ ।
राष्ट्रिय पुन : निर्माण प्राधिकरणद्वारा पुनः निर्माण सम्पन्न पश्चिमबाहेकका ३ वटा मोहडाको प्रधानमन्त्री ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया