बुटवल : लुम्बिन्री प्रदेश सरकार स्थापनाको ३ वर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
स्थापना दिवसको अवसरमा दाङमा कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ३ वर्षको मुख्य उपलब्धी प्रदेशको नाम र स्थायी राजधानी रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् ।
दाङको समारोहलाई प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिले जनाएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम प्रदेश सरकारले गर्दै आएको छ ।
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया