काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सुरुदेखि नै काम गर्न अप्ठ्यारो भएको बताएका छन् ।
सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उनले आफूलाई सुरुदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेको बताएका हुन् ।
सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहे जस्तो काम गर्न नसकेको उनले गुनासो गरे । उनले आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको बताए ।
सार्वजनिक काममा अवरोध गरी विकासका कार्यक्रममा अड्चन गरेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका केही साथीहरूले सहयोगको साटो अलमलमा पारिदिने काम गरेको बताए ।
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया