काठमाडौं : भारतको महाराष्ट्रमा भएको ट्रक दुर्घटनामा १६ जनाको ज्यान गएको छ । किंगांवमा आइतबार राति भएको दुर्घटनामा ट्रकमा सवार २१ मध्ये १६ को मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार किंगाव निजकै अंकलेश्वर–बुरहानपुर स्टेट राजमार्गको मोडमा ट्रकको स्टेरिङ रड भाँचिएको थियो ।
त्यसपछि ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका थिए । दुर्घटनाको सूचनापछि प्रहरी घटनास्थलमा पुग्दा धेरैको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । मारिएका १६ मध्ये १५ जनाको पहिचान भएको प्रहरीले जनाएको छ । एजेन्सी
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया