झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ ।
जंगलमा घाँस काट्न गएकी झापा भद्रपुर नगरपालिका वार्ड नं.२ की अन्दाजी ५० बर्षिया सीता दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार अपरान्ह साँढे १ बजे केही साथीहरूसंग दाहाल घाँस काट्न जंगल गएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । हात्तीको आक्रमणबाट सख्त घाइते भएकी दाहाललाई उपचारका लागि अस्पताल लैजाँदा बाटैमा उनको मृत्यु भएको थापाले बताए ।
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया