काठमाडौं : शिक्षकको हत्या आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
सोमवार मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा विप्लवसहित ४२ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
अदालतमा ४१ जना फरार सूचीमा मुद्दा दर्ता भएको र एक जनालाई प्रहरीले पक्राउ गरिसकेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
गत मंसिर २३ गते मिक्लाजुङ-१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको विप्लव समूहले हत्या गरेको थियो ।
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया