नयाँदिल्ली : भारतको बिहारस्थित नलन्दमा भूकम्पको धक्का महसुश भएको छ ।

बिहारका राजनीतिज्ञ, सामाजिक अगुवाहरुसहित थुप्रै युवाहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का आएको बताएका छन् । भारतीय मिडियाका अनुसार सोमबार राति आएको भूकम्प ३.५ म्याग्निच्युडको थियो ।

युवा नेता तेजस्वी यादव लगायत नेताहरुले सबै बिहारबासीलाई शतर्क रहन आग्रह गरेका छन् । यद्यपि भूकम्पबाट मानवीय र भौतिक क्षति भएको आएको छैन ।

प्रकाशित :४ फागुन, २०७७