इलाम, फागुन ४ । इलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अटो चालक इलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन्।
गएराति साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राति ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
तपाईको प्रतिक्रिया