जनकपुरधाम : धनुषामा एक महिलाको शव खेतमा फेला परेको छ । धनुषाको कमला नगरपालिक-२ माचि झिटकैयामा मंगलबार फेला परेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

हुलाकी राजमार्ग भन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीका इन्पेक्टरहिरेन्द्र रोकायाले जानकारी दिए ।

बिहान स्थानीय एक युवक दिसा गर्न घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्दा संगीतालाई मृत अवस्थामा देखेपछि गाउँमा खबर फैलिएको थियो । संगीतालाई हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका प्रहरी निरीक्षक रोकायाले जानकारी गराए । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :४ फागुन, २०७७