काठमाडौं : अभियन्ता विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सपना रोका मगरको उजुरीका आधारमा मंगलबार प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।
सपनाले गत आइतबार महानगरीय प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । बस्नेतले आफूमाथि गाली बेइज्जती गरेको आरोप सपनाले लगाएकी छिन् । अर्का सामाजिक अभियन्ता शरिन ख्युबा तामाङले बस्नेत पक्राउ परेको जानकारी दिएका छन् ।
सपना यस २०२० को विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपना प्रभावशाली महिलाको सूचीमा परेसँगै आफूहरुलाई बाबुछोरीको रुपमा चिनाउने उनीहरुबीचको सम्बन्ध बिग्रिएको थियो । सपना र बस्नेतसँगै बेवारिसे शव जलाउने काम गर्दै आएका थिए ।
प्रकाशित :४ फागुन, २०७७
तपाईको प्रतिक्रिया