काठमाडौं, फागुन ५ । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ। यस्तै, प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुनेछ।
पश्चिमी वायुको प्रभावको कारण अहिले देशका अधिकांश स्थानको मौसम बदली भएको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
मौसमविद् श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ। उपत्यकाको न्यूनतम तापक्रम विहान ७ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापपक्र बढेर २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया