सल्यान, फागुन ६ । सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका-६, कौछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको हो।
बाख्रासँगै घाँस बोकेर घर फर्किने क्रममा बुधबार घर नजिकैको भालुखोला भन्ने भीरबाट लडेकी तोलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बाटोबाट झण्डै १ सय ५० मिटर तल खसेको अवस्थामा उनको शव फेला परेको थियो।
उनको शवलाई पोष्टमार्टमक गर्न जिल्ला अस्पताल लगिएको छ।
तपाईको प्रतिक्रिया