कञ्चनपुर, फागुन ६ । पुर्नवास नगरपालिका-४, कार्गिलडाँडा स्थित नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गएराति एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१, शिवमन्दिर बस्ने वर्ष ३० का सद्दाम मिया रहेका छन।
मियाले चलाएको से ४ प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।
पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुन वस्तीमा बुझाइएको छ।
तपाईको प्रतिक्रिया