चितवन : राष्ट्रिय निकुञ्जमा चोरी शिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन ।
हिजो (बुधबार) दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका-१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको हो ।
गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको अधिकारीले जानकारी दिए । मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना संकलन गरी भेटेरिनरी शाखामा पठाइएको पनि उनले बताए ।
उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन् । तीमध्ये वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका छन् ।
प्रकाशित :६ फागुन, २०७७
तपाईको प्रतिक्रिया