काठमाडौं : (कोभिड-१९) विरुद्धको चिनियाँ खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।
बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।
औषधि व्यवस्था विभागका अनुसार ‘भेरोसेल’ नामक खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको हो । १६ जनवरी, २०२१ मा यो खोपलाई अनुमति दिइएको विभागले जनाएको छ ।
चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ । नेपालको अनुमतिपछि चिनियाँ खोप नेपालमा प्रयोगका लागि बाटो खुलेको हो । नेपालले केही समयदेखि भारतले अनुदानमा पठाएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग गर्दै आएको छ ।
प्रकाशित :६ फागुन, २०७७
तपाईको प्रतिक्रिया