काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा अोलीले प्रजातन्त्र दिवसको अवसरमा नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन्।
टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे।
उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन्। अोलीले सरकारले भ्रष्ट्राचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने बताए।
तपाईको प्रतिक्रिया