काठमाडौं : युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनह्म हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि सहज जित दर्ता गरेको छ ।
बिहीबार राति भएको खेलको १३ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाए । उनले ग्यारेथ बेलको पासमा गोल गरेका हुन् । २८ औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।
३४ औं मिनेटमा लुकास मोउराले गोल गर्दै ३-० को अग्रता दिलाए । ५५ औं मिनेटमा माइकल लिइन्डिलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए । ८८ औं मिनेटमा कार्लाेस भिनिसियसले गोल गर्दै टोटेनहमलाई ४-१ को सहज जित दर्ता गराएका हुन् । यो महत्वपुर्ण जितसँगै टोटेनहमले प्रि-क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।-
प्रकाशित :७ फागुन, २०७७
तपाईको प्रतिक्रिया