काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएको छ । एमिकस क्युरीका तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठकले राय पेश गरेपछि बहस सकिएको हो ।
बहस सकिएपछि संवैधानिक इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गरिसक्न कानून व्यवसायीलाई आदेश दिएको छ । अर्को इजलास ११ गते मंगलवार बस्ने गरी मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा माघ ५ गतेबाट निरन्तर सुनुवाइ हुँदै आएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् । विघटनको निर्णयविरुद्ध १३ वटा रिट परेका छन् ।
प्रकाशित :७ फागुन, २०७७
तपाईको प्रतिक्रिया