काठमाडौं : प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई नियुक्त गरेकी हुन् ।
प्रदेश २ का प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई शुक्रबार पदमुक्त गरेको हो ।
त्यस्तै, संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित :७ फागुन, २०७७
तपाईको प्रतिक्रिया