काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आज (शुक्रबार) साँझ शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थित रहेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरी रिक्त ठाउँमा झालाई नियुक्त गरेकी हुन् ।
प्रकाशित :७ फागुन, २०७७
तपाईको प्रतिक्रिया