काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) ले आफ्नो पार्टी सरकारसँग वार्ता र संवाद गर्न तयार रहेको बताएको छ ।
आज (शनिबार) पार्टीको नाममा विज्ञप्ती जारी गर्दै सो दलका महासचिवसमेत रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ ले सो कुराको जानकारी गराएका हुन् ।
उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।” सो दलले हिंसात्मक गतिविधि गरेपछि सरकारले प्रतिवन्ध लगाएको थियो । यद्यपि सरकार र विप्लब समूहका नेताहरुबीच अनौपचारिक वार्ता र संवाद हुँदै आएका छन् ।
प्रकाशित :८ फागुन, २०७७
तपाईको प्रतिक्रिया