काठमाडौं : अमेरिकामा २ सय ३१ यात्रु बोकेर उडिरहेको बिमानमा आगलागी भएको छ ।

अमेरिकाको डेनभरबाट ओनोलुलुकाका लागि उडेको बोइङ ७७७ विमानको इन्जिन बिग्रिदा आगलागी भएको जनाइएको छ । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको छ ।

विमानमा चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विमान कम्पनीले जनाएको छ । एजेन्सी

प्रकाशित : ९ फागुन, २०७७