काठमाडौं : सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको मूल्य दोस्रो साताको आइतबार भने बढेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शनिबारसम्म छापावाल सुन प्रतितोला ८८ हजार २ सय र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर आइतबार चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
प्रकाशित :९ फागुन, २०७७
तपाईको प्रतिक्रिया