कञ्चनपुर, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर
जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री ओली जाने कुरालाई ध्यानमा राखेर आइतबारदेखि नै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।
प्रधानमन्त्री ओली सोमबार बिहान श्रीएयरलाइन्सको उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ।
केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर जाने कार्यक्रम रहेको बताइएको छ।
कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ। प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।
तपाईको प्रतिक्रिया