काठमाडौँ , ११ फगुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ । सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको हो।
सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो। यससँगै प्रतिनिधि सभा पुनर्स्थापित हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्ध परेका १३ रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाए हो ।
संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भएको थियो । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।
तपाईको प्रतिक्रिया