मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा विहीबार बिहान ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ।
मकवानपुरको मनहरीबाट हेटौंडा आइरहेको ना ६ ख ४०४४ नम्बरको ट्रकले हेटौंडाबाट गइरहेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई हेटौंडा–११ नवलपुरमा बिहान अन्दाजी ५ः४० बजे ठक्कर दिँदा मयुरी चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मयुरी चालक हेटौंडा ११ का अन्दाजी ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको मकवानपुर प्रहरीले जनाएको छ। ट्रकको ठक्करपछि गम्भीर घाइते भएको श्रेष्ठका चुरेहिल अस्पताल, हेटौंडामा उपचारका क्रममा ज्यान गएको हो।
ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी कार्य भइरहेको र ट्रक नियन्त्रणमा रहेको मकवानपुरका प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया