पाल्पा, १४ फागुन । जिल्लाको रामपुर नगरपालिका –७ किसान बारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खप्टारबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको थियो। मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ। घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया