कञ्चनपुर, फागुन १७ । कृष्णपुर नगरपालिका–२ वाणीमा रहेको महाकाली सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगा लागेर घाइते भएका अन्दाजी ६० वर्षीय हिक्मतबहादुर देउवाको आइतबार मृत्यु भएको छ।
रुइनाको रुख काट्ने क्रममा टाउकोमा हाँगा लाग्दा घाइते भएका देउवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
तपाईको प्रतिक्रिया