नवलपरासी, फागुन १८ । नवलपरासी पूर्वको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
दुर्घटनामा दुवै ट्रकका चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। ना ७ ख ७०२३ र ना ६ ख ३०११ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुर घर भएका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीको पोखरा महानगरपालिका-१६ का ५१ वर्षीय खिमबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको मध्यविन्दु अस्पतालमा नै उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया