काठमाडौं, फागुन १८ । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई आज स्वदेश फर्कँदै छन्।
नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। पेटमा समस्या भएपछि उनी फागुन ९ गते थप उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए उनको यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो। चिकित्सकहरुले भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।
वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएको तर ट्युमर केही महिनाभित्रै शल्यक्रियाद्वारा नफालिए क्यान्सरको खतरा पनि हुनसक्ने तर्फ सचेत गराएको पाण्डेले जानकारी दिए।
तपाईको प्रतिक्रिया