ललितपुर, फागुन १९ । ललितपुरको नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ ।
स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा मृत्यु भएको हो । दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन ।
जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया