फाल्गुन २१, काठमाडौं । मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार दिने भएको छ ।
नेपालका लागि अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने दूतावासले जनाएको छ ।
आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने जनाएको छ । यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन् ।
तपाईको प्रतिक्रिया