फागुन २२, काठमाडौं । मेलम्चीको पानी आज (शनिबार) काठमाडौं उपत्यकामा झर्ने भएको छ ।
आज दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिएका छन् ।
उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ । सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्चीको पानी झरेको हेर्ने छन् ।
गत असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्चीको पानी पथान्तरण थालिएको थियो । आयोजनाका अनुसार शनिबार सुन्दरीजलमा झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइने छ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको थियो ।
तपाईको प्रतिक्रिया