फागुन २२, धनगढी । धनगढीमा रहेको एक फर्निचर स्वरुममा भीषण आगलागी भएको छ ।
आज (शनिबार) दिउँसो १२ बजेतिर धनगढी अत्तरिया सडकमा पर्ने आलोक मल्टी कन्सर्न प्रालिको स्वरुममा आगलागी भएको हो ।
धनगढीको आयल निगमको मुख्य डिपो नजिकै रहेको फर्निचर स्वरुममा आगलागी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । उक्त आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १० मिटरको दूरीमा रहेको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबारे खबर गरेको लगभग १ घण्टापछि मात्रै दमकल पुगेको स्थानीय बासिन्दाको भनाइ छ । गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका दमकल र स्थानियको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । उक्त फर्निचर उद्योगमा लगभग ५ करोडको सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ ।
तपाईको प्रतिक्रिया