फागुन २२, काठमाडौं । इंग्ल्यान्डविरुद्धको सिरिज जित्दै भारत विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
भारतविरुद्धको चार खेलको टेस्ट क्रिकेट सिरिज भारतले-१ ले जित्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको चौथो खेल भने सहज रुपमा जितेको हो ।
इंग्ल्यान्डलाई भारतले एकै इनिङ्समा २५ रनले हराएको थियो । टस जितेर पहिलो इनिङ थालेको इंग्ल्यान्डले खराब प्रदर्शन गर्दै २०५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले ५५ र डेन लवरेन्सले ४६ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
भारतका लागि अक्षर पटेलले चार र रविचन्द्रन अश्विनले तीन विकेट लिएका थिए । यसपछि आफ्नो पहिलो इनिङ्स थालेको भारतले ३६५ रन बनाउँदा सबै विकेट गुमायो । भारतका लागि रिषभ पन्तले शतक बनाए । उनले १०१ रन बनाउँदा वासिङटन सुन्दरले अविजित ९६ रन बनाए । रोहित शर्माले ४९ र अक्षर पटेलले ४३ रन बनाए ।
बलिङमा बेन स्टोक्सले चार र जेम्स एन्डरसनले तीन विकेट लिए । पहिलो इनिङ्समा १६० रनले पछि परेको इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङमा १३५ रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले एकै इनिङमा जित निकालेको हो ।
इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा खराब खेल्दा डेन लवरेन्सले भने ५० रन बनाए। त्यस्तै, कप्तान जोई रुटले ३० रन जोडे । बलिङतर्फ भारतका अक्षर पटेल र रविचन्द्रन अश्विनले समान ५-५ विकेट लिए । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको भारतले अब विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । लर्ड्स क्रिकेट मैदान इंग्ल्यान्डमा हुने फाइनल आगामी जुनमा हुनेछ ।
तपाईको प्रतिक्रिया