काठमाडौं, २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिएको अवस्थमा महिला प्रहरी हवल्दार पक्राउ परेकी छन्।
थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिएको अवस्थामा प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार श्रेष्ठ र Old Town Café and Pub Restaurant, Chabahil का सञ्चालक अनिश जोशीलाई अख्तियारको टोलीले पक्राउ गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
दुवैजना आइतबार साँझ घुस रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाटै पक्राउ परेका हुन्। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको भण्डारीको भनाइ छ।
तपाईको प्रतिक्रिया