दाङ, २४ फागुन । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै ज्यान गएको र चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया