काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राखिएको छ ।
मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखेका हुन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो ।
त्यसपछि उत्साही देखिएको ओली पक्षले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको र २०७५ जेठ २ गतेको अवस्थामा पुगेको टिप्पणी गरेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।
तपाईको प्रतिक्रिया