धनुषा, २५ फागुन । प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले धनुषाको २७ विद्यालयका एक हजार ५२० जना छात्रालाई वितरण गरेका हुन्।
मुख्यमन्त्री राउतले प्रदेशका सबै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको पनि बताए। साइकलले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताए।
तपाईको प्रतिक्रिया