काठमाडौं, २५ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सरकारले कतारमा सुरक्षागार्ड पठाउने तयारी गरेको बताएका छन् ।
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज त्यसको लागि सरकारको उच्च नेतृत्वसँग छलफल गरिरहेका छन् । श्रममन्त्री चौधरीले राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी तयारीबारे प्रष्ट पारेका छन् ।
वैदेशिक रोजगार बोर्डले पूर्व प्रस्थान अभिमुखीकरणको नयाँ पाठ्यक्रम अनुरुप तालिम सञ्चालनका लागि आयोजना गरेको पुनर्ताजगी तालिमको समापनमा आइतबार बोल्दै श्रममन्त्री चौधरीले सुरक्षागार्डको काममा जाने नेपाली कामदारलाई सरकारी संयन्त्रमार्फत् नै पठाउन लागिएको बताए ।
सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक कतारले आकर्षक तलव र सुविधासहित छोटो अवधिका लागि ठुलो संख्यामा नेपालीलाई लैजाने सोच बनाएको छ ।
तपाईको प्रतिक्रिया