TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मुहान सुकेपछि डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता


मुहान सुकेपछि डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता
ADVERTISEMENT

सल्यान, २६ फागुन । कालीमाटी गाउँपालिका–२ को कोछट्टे, टोटके र बारपुरका स्थानीयले खानेपानीका लागि वषौंदेखि सास्ती भोगिरहेका छन्। नजिकैका खानेपानी मुहान सुकेपछि डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता छ।


खानेपानीको संकट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको दिलमाया सुनारले बताइन्। उनले भनिन्, ‘पानीको अभाव झेल्दै पुस्तौं बिताइयो। हाम्रा दुःख कहिल्यै हटेनन्।’ नजिकका खानेपानी मुहान सुकेका र सरकारले गाउँभन्दा टाढाका मुहानबाट पानी ल्याउन योजना सञ्चालन नगर्दा समस्या भइरहेको उनको गुनासो छ।

हिउँदको समयमा पानीको संकट सधैं हुने गरेको स्थानीय कमल सुनरले बताए। ‘वर्षातको समयमा आकाशे पानी संकलन गरी उपभोग गर्छौं,’ उनले भने, ‘हिउँद लागे दैनिक एक गाग्री पानीकै चिन्ता हुन्छ।’ खानेपानी अभावका कारण गाउँमा रहेका शौचालय लामो समयदेखि प्रयोगविहीन बनेका उनले बताए।

गाउँभन्दा माथिको मुहान सुकेका छन्। यसले गर्दा गाउँभन्दा तलका मुहानबाट पानी ओसार्नुपर्ने बाध्यता छ। पानीकै लागि महिला र बालबालिकाले लामो समयदेखि विभिन्न सास्ती झेल्दै आएको स्थानीय मनमाया सुनारले बताइन्। ‘बिहान सबेरै खोला नझरी सुख्खै छैन,’ उनले भनिन्, ‘खोलाको धमिलो पानी प्रयोगले बेला–बेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्।’

पानी ओसार्ने कामले घरायसी कामकाज प्रभावित भइरहेको उनले बताइन्। स्थानीयलाई भाँडा र कपडा धुन पनि पोखरीमै झर्नुपर्ने बाध्यता छ। वर्षातको समयमा बस्तीदेखि तलको भक्काने र भित्तामा पानीको मुल रसाउँछ। कात्तिकमा मुल सुकेपछि खोला झर्नुको विकल्प छैन। कोछट्टेका स्थानीय लालबहादुर ओलीले पानीकै कारण बालबालिकाको पढाइ छुट्ने गरेको बताए। दैनिकजसो पानी ओसार्दा अधिकांश महिला ढाडका रोगी बनेका उनको भनाइ छ।

स्थानीय डिलबहादुर ओलीले कहिल्यै पनि शुद्ध पानी पिउन नपाएको गुनासो गरे। पानीको समस्याकै कारण शौच गर्न खोलामा झनुपर्ने बाध्यता रहेको सुनाए।

यता, वडाध्यक्ष इन्द्रबहादुर ओलीले भौगोलिक विकटताका कारण गाउँमा खानेपानी योजना सञ्चालन गर्न समस्या भएको बताउँछन्। उनले भने, ‘मुहान तल छ, गाउँ माथि, सबै बस्तीमा पानी पु¥याउने गरी योजना सञ्चालन गर्न स्थानीय सरकारसँग बजेट छैन, माथिल्ला सरकारले सुन्दैनन्।’

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
भागरथी प्रकरण : आरोपित दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीको आदेश

भागरथी प्रकरण : आरोपित दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीको आदेश

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य