TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भागरथी प्रकरण : आरोपित दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीको आदेश


भागरथी प्रकरण : आरोपित दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीको आदेश
ADVERTISEMENT

बैतडी, २६ फागुन । भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ।


दिनेशलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाएको थियो। अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको हो।

दिनेशलाई बुधबार डोटीमा रहेको सुधार गृह पठाउने तयारी छ। गत माघ २१ मा विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ मास्थानीय लवलेक जंगलमा मृत फेला परेकी थिइन्। त्यसपछि प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागन ४ मा नियन्त्रणमा लिएको थियो। प्रहरीले जिल्ला अदालतबाट चार पटक ५/५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो। दिनेशले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसेकेका छन्। सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन्।

भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखाएको थियो। भागरथीको भेजाइनल स्वाब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको भए पनि रिपोर्ट आएको छैन।

तपाईको प्रतिक्रिया

Related Posts

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग
Headline

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

April 20, 2025
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक
Headline

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक

March 23, 2025
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना
Headline

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

March 7, 2025
महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न
प्रदेश २

महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

February 21, 2025
रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम
Headline

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

February 4, 2025
Next Post
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य