TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मास्क नलगाउने भक्तजनहरुलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने


मास्क नलगाउने भक्तजनहरुलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने
ADVERTISEMENT

काठमाण्डौ, २६ फागुन । यो वर्ष मास्क नलगाउने भक्तजनहरुलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हो ।


यस्तै बिहीबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीब्र पारेको छ । शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने कोषले जनाएको छ । कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीनरतीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने अनुमान छ । भोलिको शिवरात्रिका लागि झण्डै तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेका कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आजैदेखि झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तो यसपालि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ । ज्येष्ठ नागरिकका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ । पशुपतिनाथ मूल मन्दिरका चारै ढोका शिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छन् । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
Headline

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

May 18, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग
Headline

जानकी नवमीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

April 20, 2025
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक
Headline

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नवनिर्वाचित अध्यक्षद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक

March 23, 2025
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना
Headline

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

March 7, 2025
महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न
प्रदेश २

महासेठ सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

February 21, 2025
Next Post
ऋषि कट्टेलले जिते मुद्दा, ओली-प्रचण्डको नेकपा खारेज

एमालेको केन्द्रीय कमिटीको बैठक आइतबार बस्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य